अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दङ्गा नियन्त्रण कार्ययोजना स्वीकृत भएपछि काम गर्न सहज हुन्छ: महानिरीक्षक अर्याल

दङ्गा नियन्त्रण कार्ययोजना स्वीकृत भएपछि काम गर्न सहज हुन्छ: महानिरीक्षक अर्याल


काठमाडौं-सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीलाई ऐनले दङ्गा नियन्त्रण गर्ने स्पष्ट म्यान्डेट दिएको बताएका छन्।

काठमाडौँ उपत्यका हेर्ने नम्बर–९ पशुपतिनाथ बाहिनीको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आईजी अर्यालले ऐन अनुसार दङ्गा नियन्त्रण कार्ययोजनाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको बताएका हुन्। 

‘हुलदङ्गा र मुठभेड भइरहन्छ त्यो दङ्गा नियन्त्रण गर्ने कार्ययोजना बनाएर गृह मन्त्रालयमा पेस गरेका छौँ’ अर्यालले भने, ‘कार्ययोजना स्वीकृत भएर आएपछि हामीलाई काम गर्न सहज हुन्छ।’

प्रस्तावित सशस्त्र प्रहरी विधेयक नयाँ संसद्बाट पारित हुने विश्वास व्यक्त गर्दै अर्यालले अधिकृतहरूमा सिनियारिटीसँगै अब्बल कार्यकौशल पनि हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।