काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छोड्ने तयारी गरेकी छिन्।
नयाँ सरकार गठन भएलगत्तै बालुवाटारको सरकारी निवास छोड्न उनले निवास खाली गराएकी हुन्। प्रधानमन्त्री कार्कीले सबै सामान धापासीस्थित निजी निवासमा सारिसकेकी छन् ।
शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथ लगत्तै उनी सिधै निजी निवास धापासी जानेछिन्।
‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए। उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।
नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।






प्रतिक्रिया