अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य १४ हजार ६०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य १४ हजार ६०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आए पनि बुधबार भने बढेर कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ४१५ रुपैयाँले बढेर तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।