अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले दियो रविलाई फोनमार्फत बधाई, अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न उत्साहित

अमेरिकाले दियो रविलाई फोनमार्फत बधाई, अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न उत्साहित


काठमाडौं-अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल भएकामा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले बुधबार रास्वपा सभापति लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्।

नेपालस्थित नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ।  त्यस क्रममा उनले भने, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ।’

२०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा १२५ र सामानुपातिकमा ५७ सिट जितेको रास्वपाले सरकार गठन गर्दै छ। 

चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठनका लागि रास्वपाले गृहकार्य गरिरहेको छ।