काठमाडौँ-प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन्। शपथ लगत्तै संसद् सचिवालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन्।
आजै राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए।
ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।









प्रतिक्रिया