इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ।
आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो। उहाँका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो। आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए।
‘आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन’, उहाँले भन्नुभयो। आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र ९दमकल० मगाइएको थियो। बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताउनुभयो।






प्रतिक्रिया