अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमतको सम्मान गर्दै मुलुकको समृद्धिमा एकजुट हुन जनप्रतिनिधिलाई राष्ट्रपति पौडेलको आह्वान

जनमतको सम्मान गर्दै मुलुकको समृद्धिमा एकजुट हुन जनप्रतिनिधिलाई राष्ट्रपति पौडेलको आह्वान


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले सुम्पिएको जिम्मेवारीलाई आत्मसात गर्दै मुलुकको विकास र समृद्धिका लागि एकजुट भएर लाग्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

निर्वाचन आयोगले बुधबार आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहना पूरा गर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको स्पष्ट पारेका हुन्।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा राजनीतिक विचार र मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै स्वर हुनुपर्नेमा जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरे अनुसार जनताको जीवनस्तर माथि उठाउन र मुलुकलाई आर्थिक रूपमा सबल बनाउन सबै पक्ष मिल्नुको विकल्प नभएको उनको भनाइ थियो। नेपाली नागरिकले निर्वाचनमा देखाएको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको र यसले व्यवस्थालाई थप सुदृढ बनाएको उनले उल्लेख गरे।