अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ

शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ


काठमाडौं-प्रधानमन्त्री सम्हाल्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सपथ ग्रहणको शुभसाइत तय भएको छ। पद तथा गोपनीयताको शपथ २०८२ चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ मिनेटमा लिने साइत तय भएको हो।

बालेननिकट स्रोतका अनुसार उक्त साइतमा नै सपथ लिने तयारी गरिएको छ र यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ।

बालेनले  सपथग्रहण समारोहलाई भव्य र धार्मिक रूपमा सम्पन्न गर्ने योजना बनाइएको छ।

प्रधानमन्त्रीको शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामाहरूले मंगलवाचन गर्ने व्यवस्था गरिएको छ।

यसैगरी, ७ जना ब्राह्मणले  शंखनाथ गरेर समारोहलाई सनातन परम्पराअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ।

धार्मिक र सांस्कृतिक विधिहरूको संयोजनसहित आयोजना गरिने यो सपथग्रहण समारोहलाई विशेष रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन्।