काठमाडौं-प्रधानमन्त्री, मन्त्रीलगायतले साइत हेरेर शपथ लिने परम्परालाई लिएर अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन्।
भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार मध्याह्न १२:३४ बजे शपथ लिने गरी साइत तय गरिएको भन्ने समाचार सार्वजनिक भएपछि अर्थमन्त्री खनालले यस्ताे टिप्पणी गरेका हुन्।
अर्थमन्त्री खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पारेका छन्। उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने वा देखाउने अभ्यासका लागि समय वा अवसर नै नभएको उल्लेख गर्दै त्यसको साटो देशले इतिहासमै पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको बताएका छन्।
अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!’
अर्थमन्त्री खनालले कसैप्रति द्वेष नराखीकन आफूले राय राखेको पनि उल्लेख गरेका छन्। उनले ब्रम्हाण्डीय साइतभन्दा इमानदारी र आशय बढी महत्त्वपूर्ण हुने पनि उल्लेख गरेका छन्।

बालेनको सचिवालयले साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ। त्यसक्रममा १०८ जना बटुकले स्वस्ति बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ। यसैगरी ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ।







प्रतिक्रिया