काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ्ग र दर्शन समेटिएको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्।
क्यालेन्डरमा नेवार समुदायसँग गहिरो सम्बन्ध रहेको पौभा कलाका दुर्लभ चित्रहरू समावेश गरिएको बैंकले जनाएको छ। क्यालेण्डरमा विशेषगरी काठमाडौँ उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ।

थाङ्कासँग मिल्दोजुल्दो देखिए पनि पौभा कला आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराइ बोकेको परम्परागत चित्रकला हो।
बैंकले विगत केही वर्षदेखि नेपाली कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले क्यालेन्डरमार्फत मौलिक चित्रहरू समावेश गर्दै आएको छ। यसअघि मिथिला, मण्डला, प्राचीन कलाकृति तथा पुराना नेपाली जीवनशैली झल्काउने तस्वीरहरू समेटिएका क्यालेन्डर प्रकाशन गरिएका थिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले देश तथा विदेशबाट रेमिट्यान्स सेवा सहित विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।






प्रतिक्रिया