काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।आज केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।
सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेका लागि नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गरेकामा बैठकले कार्यतालिका संशोधनसहित २०८२ असोज १६ देखि १८ गतेसम्म गर्ने निर्णय पारित गरेको हो ।
आगामी साउन ६ गते वडा, साउन १२ गते गाउँ-नगर, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय, भदौ ६-७ गते जिल्ला र भदौ १५-१६ गते प्रदेश अधिवेशनको मिति प्रस्ताव गरिएको थियो। साउनमा मौसमी प्रतिकुलता हुने भन्दै तल्लो तहको अधिवेशन भदौमा सारिएको छ।






प्रतिक्रिया