अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा केन्द्रीय समितिको बैठक लगतै संसदीय दलको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक लगतै संसदीय दलको बैठक बस्दै


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठक संसदीय दलको नेता सम्बन्धमा बस्न लागेको हो ।

रास्वपा पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा होमिएको थियो । सोही घोषणाअनुसार बालेनलाई संसदीय दलको नेता चयन गर्न लागिएको छ । तर, त्यसका लागि विधान संशोधन गर्न आवश्यक रहेको रास्वपा नेताहरूले जनाएका छन् । विधान संशोधनपछि रास्वपाले आजै बालेनलाई संसदीय दलको नेता बनाउनेछ ।

बालेनले भोलि प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।