अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबीनका लागि नबनेको पुष्टी भयो : शंकर पोखरेल



काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबीन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक संजाल फेसवुकमा आफ्नो धारणा राख्दै भनेका छन्,- कार्की आयोग निष्पक्ष छानबीनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ ।
कार्की आयोग र निर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनको दाबी । सोही प्रयास अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाई छ ।
निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ ।ञ उनले लेखेका छन्अ -अल्गोरिदमको प्रयोगवाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ ।ञ अबको बाटो सजिलो नहुने भन्दै उनले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरेका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेत्रित्वलाइ उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ ।
उनले भनेका छन् – पनि सत्य कुरा के हो भने लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालीन विकल्प पनि होइन ।