मोरङ-कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको वैठकले प्रदेश भवन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।
त्यसैगरी प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक बिदा पनि स्वीकृत गर्नुका साथै वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडका लागि निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
बैठकले गत असोज १८ र १९ गते बाढीपहिरो साथै यही चैत १ र २ गते आएको हावाहुन्डरीबाट क्षति भएका क्षेत्रमा पुनः निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद् कोषमा रु १५ करोड जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिनुभयो।






प्रतिक्रिया