काठमाडौं-प्रतिनिधि सभा सदस्यको शपथ लिन नवनिर्वाचित सांसदहरू सिंहदरबार पुगेका छन्। नवनिर्वाचित २७५ जना सांसदहरुले सिंहदरबारस्थित नयाँ संसद भवनमा शपथ लिँदैछन् ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज शपथ ग्रहण कार्यक्रम राखिएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने भएका छन्।
सांसदहरु आ-आफ्नाे भेषभूषामा सजिएर शपथ लिँदैछन् । ६५ जना सांसदले आफ्नाे मातृभाषामा शपथ लिन लागेका हुन् ।








प्रतिक्रिया