अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनिर्वाचित सांसदहरूले लिए शपथ

नवनिर्वाचित सांसदहरूले लिए शपथ


काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा सांसदहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।