अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय नेता बनाउने निर्णय गरेको छ। बिहीबार रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।

सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए। सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। 

रास्वपाको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।