काठमाडौं-प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप–हप गायक समेत रहेका बालेन शाहले आज नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन्।
यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो। गीतलाई रि-मास्टर गरेर भिडिओसहित सार्वजनिक गरिएको हो। भिडिओमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन्।
बालेनले थप दुई गीतलाई चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ।






प्रतिक्रिया