काठमाडौं- भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसमाथि टिका टिप्पणी भइरहेको छ ।
संविधानविद् डा. भिमार्जुन आचार्यले पनि सामाजिक सञ्जाल मार्फत बिहीबार साँझ प्रतिवेदनमाथी टिप्पणी गरेका छन्।
उनले उक्त प्रतिवेदन गाईको बारेमा लेख्न भनेकोमा गधाको बारेमा लेखेजस्तो भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यसदिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाएको उनको टिप्पणी छ।
उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यस्तै भएको र त्यो पूरा भएको आचार्यको दाबी छ। जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भएको उनको आरोप छ। आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् –
गाईको बारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थोले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जॉंचबुझ आयोगको प्रतिवेदन । भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो । उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भए र देखिए ।






प्रतिक्रिया