अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वागमती र कोशी सहित यी प्रदेशमा आज र भोलि मेघ गर्जन सहित वर्षाको सम्भावना

वागमती र कोशी सहित यी प्रदेशमा आज र भोलि मेघ गर्जन सहित वर्षाको सम्भावना


काठमाडौं- आज र भोली देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु सक्रिय भएसँगै यसको प्रभाव भोलि कायम रहनेछ।

आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पूर्वी तथा मध्य भागमा यसको प्रभाव बढी देखिने सम्भावना छ भने पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने बताइएको छ। काठमाडौं उपत्यकामा पनि आज साँझतिर मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ। भोलि पनि उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।

मौसमविदहरूका अनुसार प्रिमनसुनको समय भएकाले यस अवधिमा हावाहुरी, चट्याङ र असिनाको जोखिम बढी हुने गर्दछ। त्यसैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसले तापक्रममा केही गिरावट ल्याई देशभर चिसो महसुस हुने देखिएको छ।

मौसमविदहरूका अनुसार यो मौसमी प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकरदुई स्थानमा हिजैदेखि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । त्यो क्रम आज झन् बढ्ने र भोलि शनिबार दिउँसोसम्म कायम रहने सम्भावना छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।