काठमाडौँ-नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिएका छन् । प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण लगतै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन् ।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गरेका छन् । नेपाल र भारतबीचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्याउन आफू तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन् ।
मोदीले लेखेका छन् ‘नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन उत्सुक छु ।’






प्रतिक्रिया