काठमाडौँ-दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण गरेको सूचना प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो ।
खराब मौसमका कारण हेलिकप्टर अवतरण भएको सूचना आएको प्रहरीले जनाएको छ। फोन नलाग्ने भएकाले प्रहरीको टोली त्यहाँ पुग्दैछ। हेलिकप्टरमा हाइड्रोपावरका कर्मचारी सवार छन् ।
यता, त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले हेलिकप्टर हराएको पुष्टि गरे पनि थप विवरण प्राप्त नभएको बताएका छन् ।






प्रतिक्रिया