अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई


काठमाडौँ-गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ। सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पुर्‍याउने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ ।