अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी


काठमाडौं-नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन्। राष्ट्रपति कार्यालयमा शीतलनिवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय पुगेर शाहले पदभार ग्रहण गरे।

पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए। साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए।

प्रधानमन्त्री शाहले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।













नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शाह काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।