अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु


काठमाडौं-नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बैठकमा सहभागी भएका छन्। 

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पनि शपथ लिएका लिइसकेका छन्। 

आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ।

नवनियुक्त प्रधानमन्त्री शाह काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।