काठमाडौं-बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ।
आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको हो ।
पहिलो मन्त्रिपरिषदले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने निर्णय गरेको हाे। दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् सरकारले गरेका ४ निर्णय
१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने






प्रतिक्रिया