काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न ठूलो संख्यामा गुण्डुमा प्रहरी परिचालन भएको छ । राती दुई बजे देखि नै अध्यक्ष ओली निवास परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन भएको हो । यसैबीच गुण्डुमा ठूलो संख्यामा एमालेका नेता कार्यकर्ता पनि भेला भएका छन् ।
ओलीलाई पक्राउ गर्ने विषयमा हिजो राति गृह मन्त्रालय र सुरक्षा निकायबीच उच्चस्तरीय छलफल भएको थियो। प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूबीच छलफल भएपछि राति करिब २ बजे प्रहरी टोली गुण्डुस्थित ओली निवास पुगेको बताइएको छ।
स्रोतका अनुसार प्रहरी पुगेपछि भक्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षा व्यवस्था कडा पारिए पनि सानो समूहमा एमाले कार्यकर्ता गुण्डु पुगेका छन्। गुण्डु प्रवेश गर्ने सबै नाकामा बाक्लो प्रहरी परिचालन गरिएको छ भने सवारीसाधनमा कडा जाँच भइरहेको छ।






प्रतिक्रिया