अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउपछि एमाले महासचिवको चेतावनी: प्रतिशोधको मूल्य महँगो हुन्छ, अविलम्ब रिहा गर

अध्यक्ष ओली पक्राउपछि एमाले महासचिवको चेतावनी: प्रतिशोधको मूल्य महँगो हुन्छ, अविलम्ब रिहा गर


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रहरीले आज बिहानै गुन्डुस्थित घरबाटै गिरफ्तार गरेको हो।

त्यसलगत्तै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा लेख्दै केपी ओलीलाई रिहाइ नगरे प्रतिशोधको मूल्य धेरै महंगो पर्ने चेतावनी दिएका हुन् ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।