काठमाडौं- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली गुण्डुस्थित निवासबाट पक्राउ परेपछि एमाले नेता प्रदीप ज्ञवालीले सरकार प्रतिशोध र द्वन्द्वको बाटोमा हिँडेको बताएका छन् ।
नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार। तर, उसले चाहेजस्तो हुने छैन ।’
भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहमा युवाको ज्यान लिएको गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको सिफारिसअनुसार ओली आज बिहान पक्राउ परेका थिए ।






प्रतिक्रिया