काठमाडौँ-नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति असन्तुष्टि जनाएका छन्।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने दाबी समेत गरेका छन्।
सामाजिक सञ्जालमा नेता बास्कोटाले लेखेका छन्– ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।’
पूर्वाग्रह र प्रतिसोध राम्रो नहुने भन्दै नेता बास्कोटाले चिन्ता प्रकट गरेका छन् ।







प्रतिक्रिया