अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा

एमाले अध्यक्ष ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) पुर्‍याइएको छ। अध्यक्ष ओलीलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ।

रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ। अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ। त्यसपछि डाक्टरको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढ्ने स्रोतले बतायो।

आज बिहान अध्यक्ष ओलीलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेको थियो।