अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको पक्राउको विरोधमा एमालेले दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने

अध्यक्ष ओलीको पक्राउको विरोधमा एमालेले दिउँसो ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने


काठमाडौं-नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ। एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

 एमालेका जनसंगठन २३ वटा छन् ।

बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ।