अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली टिचिङ अस्पतालमा भर्ना

एमाले अध्यक्ष ओली टिचिङ अस्पतालमा भर्ना


काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन्। अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो।

आज बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाटै पक्राउ गरिएका ओलीलाई सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा लगिएका अध्यक्ष ओलीलाई त्यहीँ भर्ना गरिएको हो। 

 शनिबारै  बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरिएका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् कांग्रेस नेता लेखकलाई प्रहरीले २ नम्बर गणमा लगेको हो।

शुक्रबार बालेन साह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउने जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।