अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहालवाला न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न एमालेको माग, कार्की आयोगको प्रतिवेदन अस्वीकार

बहालवाला न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न एमालेको माग, कार्की आयोगको प्रतिवेदन अस्वीकार


काठमाडौं-नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत पक्राउ गरेको निष्कर्ष निकालेको छ।

आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको हाे। बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो।

अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज पक्राउ परेका छन्।

अध्यक्ष ओली पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो। साे सचिवालय बैठकले तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।

बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले गौरी बहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन निष्पक्ष नरहेको निष्कर्ष पार्टीले निकालेको बताए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति सुरुदेखि नै असहमति रहेको भन्दै प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको पार्टीको ठहर रहेको महासचि पोखरेलले बताए।

भदौ २३ र २४ गतेको घटनामा सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।

नेकपा एमालेले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ।