अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, लाठी प्रहारबाट कार्यकर्ता घाइते

एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, लाठी प्रहारबाट कार्यकर्ता घाइते


काठमाडौं-पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ। माइतीघर, बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रहरीको लाठी प्रहारले एमाले कार्यकर्ता युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। उनलाई तत्कालै नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको एमाले नेता रामेश्वर फुयाँलले जानकारी दिए ।