अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउविरूद्ध बुटवलमा एमाले कार्यकर्ताहरुकाे प्रदर्शन

अध्यक्ष ओली पक्राउविरूद्ध बुटवलमा एमाले कार्यकर्ताहरुकाे प्रदर्शन


बुटवल-पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ। यसै सन्दर्भमा, अध्यक्ष ओलीको पक्राउको विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको हाे।

बुटवलमा एमाले कार्यकर्ताहरू अध्यक्ष ओली ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन्। बुटवलको मिलनचोकमा उनीहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउको फुटेको छ। उनलाई सिंहदरबारको दक्षिण गेटमा प्रहरीको लाठी लागेको हो।

एमालेका २३ वटा जनसंगठनहरूले माइतीघरमा शनिबार अपराह्न विरोध प्रदर्शन गरेका थिए। उनीहरूले वर्तमान सरकारविरूद्ध नारा लगाउँदै टायर समेत बालेका थिए।

शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।