काठमाडौं- नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चिन्ता व्यक्त गरेका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले ५ बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका छन्।
सरकारले हतारमा केपी ओली र रमेश लेखकलाई पक्राउ गरे कानुनी शासनमा प्रश्न उठाएको पनि उल्लेख गरेको छ।
कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्ने उल्लेख गर्दै देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ। अतः यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’
कांग्रेस प्रवक्ता चालिसेले गाैरीबहादुर कार्की आयोगको प्रतिवेदन नै अपूर्ण रहेको पुष्टि भएकोको बेला सरकारले हतार पक्राउ गर्नु गलत भएको बताएका छन् ।
‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ।’








प्रतिक्रिया