अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको रिहाइको माग गर्दै हेटौँडामा एमाले कार्यकर्ताकाे प्रदर्शन

अध्यक्ष ओलीको रिहाइको माग गर्दै हेटौँडामा एमाले कार्यकर्ताकाे प्रदर्शन


मकवानपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै मकवानपुरकाे हेटौँडामा पनि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका छन्। 

केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको हेटौँडामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका हुन्। अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा नेता तथा कार्यकर्ता सडकमा उत्रिए। 

युवा संघ मकवानपुरको नेतृत्वमा भएको विरोध प्रर्दशनमा ओलीको तत्काल रिहा गर्न माग गरिएको थियो। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा शनिबार बिहान देखिएको भन्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो। उनीहरू पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन गरेको हो।