काभ्रेपलाञ्चोक – वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको हो । राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
शुक्रबार साँझ ६ बजेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा र चिउरीबास तथा रोशी–११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।






प्रतिक्रिया