अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री दीपक खड्का पक्राउ


काठमाडौं-पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्काको घरमा नगद रकम फेला परेको थियो। सोही घटनासँग सम्बन्धित विषयलाई आधार बनाएर थप अनुसन्धान अघि बढाइएको हो।

हाल खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको छ। प्रहरीले आवश्यक प्रमाण संकलन तथा सोधपुछको प्रक्रिया अगाडि बढाएको जनाएको छ।