अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको नाममा जारी भएको पक्राउ पुर्जी

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको नाममा जारी भएको पक्राउ पुर्जी


काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।

खड्कालाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ। 

‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा (६) सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको हो।’

प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्काको घरमा नगद रकम फेला परेको थियो। सोही घटनासँग सम्बन्धित विषयलाई आधार बनाएर थप अनुसन्धान अघि बढाइएको हो।