अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली र लेखकको म्याद थपको निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा

केपी ओली र लेखकको म्याद थपको निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा


काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नका लागि म्याद थप गराउन प्रहरीले जिल्ला अदालत, काठमाडौँमा निवेदन दिएको छ ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो । दुवै जनामाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थप गराउन लागेको हो ।

प्रहरीले दिएको म्याद थप सम्बन्धी निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यस निवेदनमाथि आज सुनुवाइ हुनेछ ।

दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ ।

म्याद थपका लागि निवेदनसँगै प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको छ । पूर्वप्रधानमन्त्री ओली भने त्रिवि शिक्षण अस्पतालमै छन् ।