काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
चैत १४ गते शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो।
काठमाडौंका सीडीओ ईश्वरराज पौडैललाई विरोधपत्र बुझाएपछि एमालेका एक नेता भने, ‘न्यायको लागि लडिरहनेछौँ।’
एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ।
पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।









प्रतिक्रिया