अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षण अस्पतालमा राखिएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था यस्तो छ

शिक्षण अस्पतालमा राखिएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था यस्तो छ


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल चिकित्सकहरूको निगरानी तथा उपचारमा रहेका छन् । उनलाई शनिबार मुटुको धड्कन बढ्ने समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले एक सूचना जारी गर्दै ओली हाल चिकित्सकहरूको निगरानी तथा उपचारमा रहेको जानकारी दिएको हो ।

ओली मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी भएको भन्दै उनमा हाइड्रोनेफ्रोसिस, मधुमेह (डायबिटिज), उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीमा पत्थरी जस्ता समस्याहरू रहेको अस्पतालले जानकारी दिएको छ ।

हाल उनी एनेक्स १ को बेड नं. ५०१ मा चिकित्सकहरूको निगरानी तथा उपचारमा रहेको स्पताल जनाएको छ ।