काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि उनकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा आइतबार उनको पत्नी शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन् ।
र्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदनमा सोमबार सुनुवाइका लागि पेसी राखिएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए।






प्रतिक्रिया