काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
काठमाडौंको माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो। झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् भने एक जना घाइतेको टाउकोमा चोट लागेको छ।
घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार नौ जना पक्राउ परेका छन् ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन्। एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन्।









प्रतिक्रिया