अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरियो

दीपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरियो


काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। आज बिहान मात्रै पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । 

आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।