अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन

जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन


काठमाडौं-संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको हो।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा ९१० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।

गत फागुन २१ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही चैत १२ गते शपथ लिएका थिए।