काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको घोषणा गरिएको छ। युनियनका अध्यक्ष राजु ओलियाले सूचनामार्फत राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गरेको घोषणा गरेका हुन्।
सरकारले ल्याएको सुशासन र मितव्ययितासम्बन्धी कार्यक्रमअन्तर्गत कर्मचारी युनियनहरू हटाउने लक्ष्य राखिएको अवस्थामा उक्त संगठनले पनि त्यसलाई स्वीकार गर्दै औपचारिक रूपमा विघटन भएको घोषणा गरेको हो।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरूमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णय उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले उक्त सरकारी निर्णयलाई स्वागत गर्दै आफ्नो संरचना विघटन गर्ने निर्णय गरेको हो।
युनियनले जारी गरेको सूचनामा भनिएको छ–नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु मध्ये ९ख० को ९उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता० बुँदा नं। १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’







प्रतिक्रिया