अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं – नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा मधेससहित कोसी प्रदेशको तराई भू–भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।